लकडाउन उल्लंघन गर्दै मध्यराति डाँडापारि हुँइकिएको मिनिट्रक महाभारत धापमा दुर्घटना

उज्यालो प्रतिनिधि १६ चैत्र २०७६, आईतवार फोटो समाचार

काभ्रे । जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका वडा नं. १ मा महिन्द्रा मिनिट्रक दुर्घटना भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले देशव्यापी जारी गरेको लकडाउन आदेशलाई उल्लंघन गर्दै मध्यराति डाँडापारिस्थित महाभारत हुँइकिएको महिन्द्रा मिनिट्रक दुर्घटना भएको हो ।

भक्तपुर दुवाकोटस्थित जय बाराही इँटा उद्योगमा कार्यरत मजदुरलाई घर पुर्याउन जाने क्रममा बा ३ ख ८८२६ नम्बरको महिन्द्रा मिनिट्रक दुर्घटना भएको हो । चालकको अनिदोको कारण दुर्घटना भएको हुन सक्ने प्रहरी चौकी गोकुलेले जनाएको छ ।
दुर्घटनामा परी वीर बबहादुर घिसिङ, निर माया घिसिङ, राजु बल, तिल बबहादुर पाख्रिन, नर बहादुर मोक्तान, मेनुका गोले, ज्ञानी गोले लगायत सामान्य घाइत भएका छन् ।

उनीहरु स्थानीय गोकुले स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ ।
ट्रकमा साढे दुई दर्जनभन्दा बढी यात्रु थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार