भारतमा ३ महिनासम्म ८० करोड लाई निःशुल्क रासन र ग्यास दिने

उज्यालो प्रतिनिधि १४ चैत्र २०७६, शुक्रबार प्रवास

एजेन्सी । कोरोना भाइरसका कारणले भारतभर लागू गरिएको २१ दिने लकडाउनलाई ध्यानमा राख्दै त्यहाँकी अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार विशेष आर्थिक प्याकेजको घोषणा गरेकी छन् ।

यसअन्तर्गत आगामी ३ महिनासम्म ८० करोड गरीबलाई निःशुल्क पिठो वा चामल र एक किलो दाल दिने घोषणा गरिएको छ । यसका अतिरिक्त गरीब महिलाले निःशुल्क रुपमा ग्यास सिलिन्डर पनि पाउने छन् । ‘गरिबका कल्याण प्रधानमन्त्री अन्न’ योजनाअन्तर्गत आगामी ३ महिनासम्म गरीबहरुलाई पाँच किलो चामल, गहुँ या पिठोका साथै एक किलाे दाल निःशुल्क दिने घोषणा गरिएको हो ।

बिबिसी हिन्दीका अनुसार १.७० लाख करोड भारुको यो प्याकेज घोषणा गर्दै अर्थमन्त्रीले सीतारमणले भनिन् ‘गरिबहरूका लागि खाना उपलब्ध गराइनेछ र पैसा पनि डिबीटी मार्फत हस्तान्तरण गरिनेछ ।’

उनले प्रेस सम्मेलनमा भनेकी छन्, ‘प्याकेज प्रवासी मजदुर र शहरी-ग्रामीण गरिबहरूका आवश्यकताका आधारमा तत्काल तयार छ, कोही पनि भोकाउन पाउनेछैन ।’

यस बाहेक, सरकारले ‘ईपीएफ’ लागि पनि ठूलो राहत प्याकेज घोषणा गरेको छ । यसअन्तर्गत कम्पनी र कर्मचारी दुबैको हिस्साको योगदान सरकारद्वारा तीन महिनाका लागि लागि हुनेछ । यो घोषणा त्यस्ता कम्पनी÷संस्थानका लागि गरिएको हो, जहाँ १०० भन्दा कम कर्मचारी रहेका छन् र ९० प्रतिशत कामदारको तलब १५ हजार रूपैयाँभन्दा कम रहेको छ ।

सरकारले कोरोनाको युद्धमा संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीका लागि ५० लाखको बीमा प्याकेज पनि घोषणा गरेको छ । २० लाख कर्मचारी यसबाट लाभान्वित हुने बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार