बढी भाडा लिने २० कारवाहीमा

उज्यालो प्रतिनिधि ९ चैत्र २०७६, आईतवार समाचार

काठमाडौँ, ९ चैत (रासस) । मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आज कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरुलाई कारवाही गरिएको बताउनुभयो । तीनदिनमा ४६ जनालाई यसरी कारवाही गरिसकिएको छ ।

यसअघि शनिबार १७ जनालाई र शुक्रबार नौ जनालाई कारवाही गरिएको थियो । ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो । उनीहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशालाबाट पक्राउ गरिएको हो ।

उनीहरुले एउटै टिकट दुई जनालाई बेच्ने गरेकोसमेत पाइएकोे छ । कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिने र यात्रु बस्ने लाममा बसी टिकट मागेर श्रव्यदृष्य रेकर्ड गरी कानूनको दायरामा ल्याउने गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार