मन्त्री अर्यालद्वारा स्याङ्जामा २० हजार मास्क हस्तान्तरण, कोरोनाबाट सचेत रहन आग्रह

उज्यालो प्रतिनिधि ८ चैत्र २०७६, शनिबार फोटो समाचार

स्याङ्जा, ८ चैत्र । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा८कुमारी अर्यालले कोरोना भाइरसको संक्रमण सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उहाँले बिपद् ब्यवस्थापन समिती स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण गर्नुभएको हो ।

स्याङ्जामा शनिबार आयोजीत कार्यक्रममा मन्त्री अर्यालले छिमेकी देश चिनबाट शुरु भएको कोभिड १९ बिश्वभर पुगेको बताउदै नेपालका हरेक ठाउँमा पुग्न सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । मन्त्री अर्यालले बिपद ब्यवस्थापन समितिलाई २० हजार थान माक्स र एक वटा गन थर्मोमिटर प्रदान गर्नुभएको हो । मन्त्री अर्यालबाट प्राप्त भएको माम्सलाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले ११ स्थानिय तह, प्रहरी, आर्मी, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई बितरण गर्नुभएको थियो ।भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको बताउनुभयो । कोभिड १९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने बताउँदै उहाँले संक्रमणलाई प्रवेश गर्न नदिन सरकारले सर्तकता अपनाएको बताउनुभयो । सरकारले गरेको निर्णयले नीजि जीवनमा केहि समस्या रहेपनि सर्तकता अपनाउन सकेमा भयङ्कर दुर्घटना हुनबाट बच्न सक्ने् बताउनुभयो ।

जनप्रतिनिधी, राजैतिक दल, सुरक्षाकर्मीले जिल्लामा कोरोना भाइरसको संक्रमणबाट बच्न राम्रो काम गरेको बताउदै मन्त्री अर्यालले थप काम गर्न आग्रह गर्नुभयो । संक्रमण हुदैमा मृत्यु नहुनले भएकाले नडराउन आग्रह गर्दै मन्त्री अर्यालले बिदेशबाट आएकामध्ये एक जनामा पनि नेपालमा संक्रमण नदेखिनुले नेपालीहरुको रोगसँग लड्नसक्ने क्षमता बढि रहेको बताउनुभयो ।
अशक्त, रोगीहरुलाई रोगले च्याप्ने भएकाले निगरानीमा राख्न आग्रह गर्दै मन्त्री अर्यालले हरेक वार्डमा हेल्थ डेक्स राख्न आग्रह गर्नुभयो ।
कालिका अस्पताल, आधिखोला अस्पताल, गल्याङ् अस्पताललाई संक्रमितको उपचार केन्द्र बनाउन आग्रह गर्दै मन्त्री अर्यालले जनता मनोबाल उच्च राख्नेतर्फ काम गर्न दिर्नेशन दिनुभयो ।

उहाँले कोरोना भाइरसको समस्या बढेमा एरिया लकडाउँन गर्नसक्ने समेत बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सदस्य मिनप्रसाद गुरुङ्, जिल्ला समन्वय समिति सदस्य सिताकुमारी सुन्दास, नेकपाका अध्यक्ष सुर्यप्रसाद गैरे, नेपाली काँग्रेस प्रबक्ता इन्द्र गोदार लगायतले कोरोना भाईरसको संक्रमणलाई रोक्न तयार रहेको बताउनुभएको थियो ।
बैठकले सरकारको निर्णयलाई जस्ताको जस्तै कार्यान्वय गर्ने निर्णय गरेको छ भने बिदेशबाट फर्केका नेपालीलाइ १४ दिन गाउँपालिकाको निगरानीमा क्वारेन्टाइन राख्ने निर्णण गरेको छ ।
साथै होटेल, रिसोर्ट, बार पसलका सञ्चालकले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीका ब्यवस्था गर्ने र हात सफा गर्ने सेनिटाइजर राख्नु पर्ने सहितका १३ वटा निर्णय गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार