सिरहामा अवैध घरेलु मदिरा नष्ट

उज्यालो प्रतिनिधि ८ चैत्र २०७६, शनिबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । इलाका प्रहरी कार्यालय मिर्चैयाले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा मिर्चैया नगरपालिका बाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) राम कुमार महतोले बताए । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) महतोको अनुसार पछिल्लो समय प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ ।
अवैधरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरण गरिरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) महतोको नेतृत्वमा खटिएको प्रहरी टोलीले ७ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
मिर्चैया नगरक्षेत्रमा अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु हुनेलगायतका घटनामा वृद्धि भएपछि प्रहरीले नगरक्षेत्रभित्र अवैध मदिरा उत्पादनमा कडाइ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।
मिर्चैया नगरपालिका वडा नं. ५ का वडा वडाध्यक्ष धिरेन्द्र साह, मिर्चैया नगरपालिका वडा नं. ६ का वडा वडाध्यक्ष देव कृष्ण साह लगायत,स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा नष्ट गरिएका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार