सारदा डिष्टिलरी प्रा.लि. ले फालेको आगो सहितको खरानीमा जलेर एक बालकको मृत्यु

उज्यालो प्रतिनिधि ८ चैत्र २०७६, शनिबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर सिरहा । सिरहाको गोलनजार नगरपालिका वडा नं. ९ मा रहेको सारदा डिष्टिलरी प्रा.लि. ले फालेको आगो सहितको खरानीमा जलेर एक बालकको मृत्यु भएको छ । सिरहाकै मिर्चैया नगरपालिका वडा नं. ७ फूलवरीघर भई हाल गोलबजार नगरपालिका वडा नं. ९ घुर्मि वेरियरमा वस्दै आएका उवरास साह तेलीका ८ वर्षिय छोरा सोहन साहको मृत्यु भएको हो ।

घर नजीकैको खेतमा साथीहरुसँग खेलीरहेको बेला २ गते डिष्टिलरीले फालेको आगो सहितको खरानीमा लड्दा जलेर घाइते भएको सँगै भैसिचराई रहेका स्थानीय भोला यादवले बताए । घाइते सोहनलाई उपचारको लागि तत्काल विराटनगर पुर्याएपनि थप उपचारको काडमाडौं पुर्याएका थिए । उनको उपचारकै क्रममा उनको ६ दिनपछि मृत्यु भएको रोहनका बुवा उवरासले जानकारी दिए ।
सोहन उवरासका जेठा छोरा हुन् । उनी स्थानीय नीनि विद्यालयमा कक्षा १ मा पढ्दै गरेका थिए ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले घटनाकै दिनदेखि हामीले उद्योगसँग सम्वन्वय गरिरहेका जानकारी दिए । उनलेभने, ‘हामीले घटना भएकै दिनदेखि उद्योगसँग समन्वय गरिररहेका थियौं, अव मृत्यु नै भईसकेको छ, उद्योगबाट आगो सहितको खरानी त्यहाँसम्म कसरी आईपु्यो हामी त्यसको पनि अनुसन्धान गरिरहेका छौं ।
यता स्थानीयले भने डिष्टलरीबाट निस्कने दुसित पानी जथाभावी छोड्ने, खरानी तथा अन्य फोहरहरु पनि जथाभावी फाल्ने गरेको बताएको छ । डिष्टिलरीको भट्टिबाट निस्केको आगो सहितको खरानी वस्ती नजीकै कुनै घेरबार विनै फाल्ने गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार