मिर्चैया प्रहरी कार्यालय भित्र प्रवेश गर्दा अनिवार्य साबुन पानिले हात धुनु पर्ने

उज्यालो प्रतिनिधि ८ चैत्र २०७६, शनिबार फोटो समाचार

गणेश कुमार ठाकुर,सिरहा । नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने व्यवस्था अनिवार्य गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया पुग्ने जो कोहीले साबुन पानीले हात सफा गरेपछि मात्र कार्यालय प्रवेश गर्न पाउने छन् । कार्यालयको मुल गेटमा खटिएका प्रहरीले सेवाग्राहीका अलावा अन्य आगन्तुकहरुलाई सेनिटाइजर तथा साबुन पानीले हात सफा गर्न आग्रह गर्छन् । त्यसपछि मात्र कार्यालय प्रवेशकालागि इजाजत दिने गर्छन् ।
व्यक्तिगत सरसफाई र कोरोनाको जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था मिलाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।

त्यसै गरी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख (एसपी) उमा प्रसाद चतुर्बेदी संग कुरा गर्दा उहाले भनु भयो जिल्ला भरीमा कोरोना सम्वन्धि सचेतना र आवश्यक अन्य तयारी सहितका काम समेत थालिएको बताए । उनले बजार तथा सर्वसाधारणको बढी आउजाउ हुने स्थानमा सेनिटाइजरले हात सफा गर्ने तथा साबुन पानीले र साबुन पानीले हात धुने व्यवस्था मिलाउन लागिएको समेत बताए । जिल्ला प्रहरी कार्यालय सिरहाले आवश्यकता अनुसार हेल्प डेस्क समेतको प्रवन्ध मिलाउने जनाएको छ । एसपी चतुर्बेदीले कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिनुका सचेत र सजक रहन जिल्ला बासीमा आग्रह समेत गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार