पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्ड’

उज्यालो प्रतिनिधि ८ चैत्र २०७६, शनिबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । सिरहा पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनिकरण गर्न समय सीमा (टाइम कार्ड) लागु गरेको छ ।
शुक्रबार सिरहाको लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक प्रहरीले टाइम कार्ड लागु गरेका हुन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनेले पहिलो सवारी चालकलाई अविर मालाले सम्मान गर्दै समय सीमा (टाइम कार्ड) वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
टाइम कार्ड लागु भएपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीका चालकले पूर्वको भारदह, शम्भुनाथ, लहान, बन्दीपुर, लालगढ, कर्मैया, निजगढ र पथलैया ट्राफिक बीटमा इन्ट्रि गर्नुपर्ने छ भने बर्दिबास हुँदै विपि राजमार्ग भएर जाने सवारीले सोही ठाउँको समय सीमा (टाइम कार्ड) प्रयोग गर्नुपर्ने प्रनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक(ईन्सपेक्टर) खगेन्द्र एक्तेनेले जनाए ।

(ईन्सपेक्टर) एक्तेनेले चालकलाई सहजै चिन्न सकिने अंकित भएको पहिरन लगाउन, गाडीभित्रै डस्टबिन राख्न र अग्नी नियन्त्रण राख्न चालकहरुलाई सुझाव समेत दिएका थिए । अहिले विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न् तथा स्वास्थ्य सुरक्षाप्रति सजगताका लागि प्रत्येक ट्राफिक बिटमा ह्याण्ड वासले हात धुने व्यवस्था समेत गरेको (ईन्सपेक्टर) एक्तेनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार