ज्याक माले नेपाललाई कोरोनाभाइरसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने

उज्यालो प्रतिनिधि ८ चैत्र २०७६, शनिबार फोटो समाचार

बिबिसी  । प्रख्यात चिनियाँ व्यवसायी तथा परोपकारी ज्याक माले नेपालसहित नौ एशियाली मुलुकलाई कोरोनाभाइरसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।

शनिवार बिहान एउटा ट्वीट गर्दै उनले १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन्।

“यो चाँडै पुर्‍याउन सहज छैन। तर हामीले यो सम्पन्न गर्ने छौँ,” उनले ट्वीटमा लेखेका छन्।

कुन मुलुकलाई कुन सामान कति परिमाणमा दिइने हो भन्ने कुरा भने ट्वीटमा खुलाइएको छैन।

सहयोग दिइने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दि, म्यान्मार, पाकिस्तान र श्रीलङ्का पनि छन्।

ज्याक माले अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन्।

नेपाल सरकारले कोरोनाभाइरस टेस्ट किटसहित अन्य सामग्रीको अभाव रहेको बताउँदै आएको छ।

अधिकारीहरूका अनुसार काठमाण्डूमा १५५ वटा भेन्टिलेटरसहितका सघन उपचार कक्ष छन्।

त्यसबाहेक थप २३५ भेन्टिलेटर खरिद गर्ने प्रक्रिया बढाइएको र पुराना पनि मर्मत गर्ने तयारी थालेको बताइएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार