बागमती प्रदेश सामाजिक बिकास मन्त्री दुलालले गरे कोरोना विशेष अस्पतालको उदघाटन

उज्यालो प्रतिनिधि ७ चैत्र २०७६, शुक्रबार फोटो समाचार

भरतपुर । कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल आजदेखी सञ्चालनमा आएको छ ।

बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री युवराज दुलालको उपस्थितिमा अस्पतालको सेवा प्रारम्भ भएको घोषणा गर्दै उनले मानसिक मात्र नभई भौतिक रुपमा पनि नेपाली सक्षम रहेको पुष्टी कोरोना अस्पताल निर्माणले देखाएको बताए ।

एकताले नै जस्तो सुकै चुनौती पार गर्न सकिने भन्दै मन्त्री दुलालले रोगबाट बच्न र बचाउन सबै सहयोग आवश्यक पर्नेमा जोड दिए । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आएको छ । महानगरपालिका मेयर रेनु दाहालले सेवामा कती पनि कन्जुस्याइँ नगरिने भन्दै बिरामी र स्वास्थ्यकर्मीको सुरक्षामा महानगर गम्भिर रहेको बताइन ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिइन् ।

७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले भनिन्, “अहिलेलाई ओपीडी सेवा हुनेछ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार