काठमाडौ । काडमाडौको कपनमा स्थित उजेली एस के केमिकल उद्योगले महिलाहरुलाई आयआर्जन गराउने उद्धेश्यले हाते साबुन बनाउने निशुल्क तालिम सञ्चालन गरेको छ । उद्योगले बुढानिलकण्ठ नगरपालिका वडा न ११ का स्थानीय महिलाहरुलाई लक्षित गरी निशुल्क रुपमा ६ दिने तालिम सञ्चालन गरेको हो ।
समाजमा महिलालाई आयआर्जनको बाटो देखाइ स्वरोजगार बनाउने उद्धेश्यले बुढानिलकण्ठ नगरपालिको सहकार्यमा ६ दिन तालिम सम्पन्न गरेको हो । कम्पनीले गत फागुन १२ गते देखि १८ गते सम्म उद्योगमा नै २२ जना महिलाहरुलाई प्रशिक्षण प्रदान गरेको थियो । उक्त प्रशिक्षण कार्यक्रमको चैत्र ६ गते समापन गरी तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमादेवी राइको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रमादेवी राईले महिलालाई सक्षम र आत्मनिर्भर बनाउनका लागि यो तालिम उपयोगी रहेको बताइन । साथै उनले अहिले बजारमा पैmलिएको कोरोनाबाट बच्नका लागि आफु पुर्व तयारी र सुरक्षा अपनाउनु पर्ने बताइन । उपप्रमुख राईका अनुसार अत्याआवश्यक काम नपरी भीडभाड भएको स्थानमा नजाज सबैलाई आग्राह समेत गरिन ।
त्यसैगरी कार्यक्रममा बडा सदस्य भगवती निरौलाले उद्योग स्थापना भएको छोटो समयमा पनि राम्रो काम गर्न सफल भएको बताइन । बुढानिलकण्ठ नगरपालिका एउटा सावुन बनाउने उद्योगको स्थापना हुन सकारात्म भएको बताउदै वडाका प्रत्येक घरमा यस उद्योगबाट उत्पादन गरिएको साबुन प्रयोगमा आउनेमा आफु विश्वस्त रहेको बताइन ।
कार्यक्रममा तालिममा सहभागीहरुले आफुहरुले तालिम प्राप्त गरेर उपलिब्धि हासिल गरेको बताए । त्यसैगरी कार्यक्रममा उद्योगकी सञ्चालिका सपना बास्तोलाले तालिम दिनुमात्र उद्योगको उद्देश्य नभएर महिलाहरुलाई सक्षम र आत्म निर्भर बनाउने लक्ष्य राखेको बताइन । प्रशिक्षण कार्यक्रममा सहभागी मध्यबाट २ जना उत्कृष्ठहरुलाई रोजगारी समेत प्रदान गरिने सपना बास्तोलाले बताइन ।
समापन कार्यक्रममा प्रशिक्षार्थी तथा विभिन्न समुहबाट प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमा कपनस्थित बंगलामुखी मन्दिर प्राङगणमा सञ्चालन गरिएको थियो ।