५ चैत्र २०७६, बुधबार

मिर्चैयामा टिपर चालकलाई ट्रापिक सचेतना

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ चैत्र २०७६, बुधबार फोटो समाचार

गणेश कुमार ठाकुर,सिरहा । दुर्घटना न्यूनिकरणका लागि मिर्चैया ट्राफिक प्रहरी पोष्टले चालकहरुका लागि एक दिने सचेतना कार्यक्रम गरेको छ । ट्राफिक प्रहरी पोष्टका प्रहरी हवल्दार विरेन्द्र प्रसाद यादवले मिर्चैया नगरपालिका वडा नं.७ स्थित ३० जना टिप्पर चालकहरुलाई भेला जम्मा गरी ट्राफिक शिक्षा दिएको जनाइएको छ ।

सवारी दुर्घटनाले ठूलो जनधनको क्षति भएसँगै मिर्चैया ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिकले टिप्पर चालक, सह–चालक, बीच सचेतना कार्यक्रम शुरू गरेको छ । टिप्पर, ट्याक्टर र ट्रकका चालकहरुलाई ट्राफिक नियमका बारेमा सचेतना कार्यक्रम गराइएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी हवल्दार विरेन्द्र प्रसाद यादव बताए ।

बढ्दो सवारी चाप र बिगँ्रदो सडक पनि दुर्घटनाको कारक बनेकोले दुवै विषयमा चालक सचेत रहनुपर्ने ट्राफिक प्रहरीको आग्रह छ । अहिलेसम्म ट्राफिक प्रहरीले सयैं भन्दा बढीलाई सचेत गराएको ट्राफिक प्रहरी जवान लोक श्रेष्ठले जानकारी दिनुभयो ।
तिब्रगति, क्षमता भन्दा बढि मालसामान वोकि सवारी चलाउदा हुन सक्ने सवारी दुर्घट्ना र ओभरटेक गर्ने तरिकाका बारेमा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार