सिरहामा मास्कको चरम अभाव

उज्यालो प्रतिनिधि ५ चैत्र २०७६, बुधबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । सिरहामा मास्कको अभाव भएको छ । दुई साता अघिसम्म सिरहाका विभिन्न अस्पताल तथा मेडिकल हलहरूमा मास्क पाईए पनि कोरोना भाइरसको त्रास बढेसंगै जिल्लाका अस्पताल तथा मेडिकल हलहरूमा मास्कको अभाव देखिएको हो ।
कोरोना भाइरसको संक्रमण फैलने हल्ला बढेपछि बजारमा र मास्क बिक्री गर्ने डिलरले समेत मास्क दिन नसक्दा मास्क अभाव भएको सिरहा जिल्लाको मिर्चैया नगर भित्र रहेको दिनेश मेडिकल हलका संचालक जितेन्द्र कुमार साहले बताउनुभयो ।

सिरहाका व्यापारीहरुले काठमाडौं देखि आयात गरेर मास्क विक्री वितरण गर्दै आएका थिए । प्रकृति र विशेषता अनुसार थोकमा प्रति प्याकेट २ सय देखि २ सय ५० रुपँया र खुद्रामा प्रति पिस १० रुपैयामा मास्क बिक्री वितरण हुँदै आएको थियो । तर,अहिलो सिरहाको बजारमा मास्कको अभाव देखिएपछि कालोकजारी शुरु भएको छ । अहिले १० रुपैयामा पाउने मास्क लुकीछिपी ५५ देखि १ सय रुपैयामा विक्री वितरण भईरहेको छ । विश्वव्योपी रुपमा फैलिँदै गएको कोरोना भाइरसको प्रभावस्वरुव चीनमै मास्कको खपत बढेपछि आयातमा न्युनीकरण भएको र बजारमा मास्कको अभाव देखिएको औषधी व्यवसायी जितेन्द्र कुमार साहले बताउनुभयो ।

सामान्यतः प्रयोग गरिने कपडाको मास्कको तुलनामा मेडिकल फेसमास्क विशेष मानिन्छ । यो मास्क कपडाको मास्क जस्तो स–साना छिद्ररहित हुने र यसलाई बाहिरका कणहरु नटासिने भएकोले यसलाई सुरक्षित मानिन्छ । विशेषगरी उधोगधन्दा तथा कलकारखाना,स्कुल,कलेज,अस्पतालहरुमा यसको प्रयोग तथा माग बढदो छ । सम्पूर्ण विषयवस्तुमा मध्यनजर गर्दै यस किसिमको कालाबजारी रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण हुन अत्यावह्यक देखिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार