स्विस फुटबल फेडेरेसनका अध्यक्ष ब्लाँच कोरोना भाइरसबाट संक्रमित

३ चैत्र २०७६, सोमबार ०६:१० मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौँ । स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाँच कोरोना भाइरसबाट संक्रमित भएका छन् । केही दिनदेखि उनी बिरामी रहेका थिए । परीक्षणपछि उनी कोरोना भाइरसबाट संक्रमित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हाल उनी आराम गरिरहेको बताइको छ ।

७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने र खोक्नु परेको कारण क्वारेन्टाइनमा बसेको समेत बताएका छन् ।

स्विजरल्याण्डमा हालसम्म कोरोनाको संक्रमण २ हजार बढी पुगिसकेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार