कोरोनाभाइरस चीनसम्म आइपुग्नुमा अमेरिकाको भूमिका भएको दाबी

उज्यालो प्रतिनिधि ३० फाल्गुन २०७६, शुक्रबार फोटो समाचार

एजेन्सी । चीनले ऊहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको हुनसक्ने आशंका व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिइसकेको छ ।

तर कोरोना भाइरस चीनको ऊहानमा नै उत्पत्ति भएको कुरामा त्यहाँका विशिष्ठ व्यक्तित्व विश्वस्त हुन सकेका छैनन् । हालै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको बताएका छन् ।

प्रवक्ता जाओ लिजियानले अंग्रेजीमा ट्वीट गर्दै लेखे, ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ? अस्पतालका नाम के हुन् ?’

झाओले उक्त महामारी ऊहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने अनुमान गरेका छन् ।

‘पारदर्शी हुनुहोस् ! आफ्नो तथ्याङ्क सार्वजनिक गर्नुहोस् ! अमेरिका, हामीलाई विस्तृत विवरण चाहियो,’ उनले लेखे ।

केही दिन अघि दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतले पनि कोरोना भाइरस चीनबाटै उत्पत्ति भएको नहुनसक्ने सम्भावना व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘यो भाइरस चीनमा पहिलो पटक देखियो भन्नुको अर्थ यो चीनबाटै उत्पत्ति भएको भन्ने होइन ।’

यी दुईको भनाइले कोरोनाभाइरस चीनसम्म आइपुग्नुमा अमेरिकाको भूमिका भएको दाबी गर्छ । चीनको विशाल जनसम्पर्क अभियानले बारम्बार यसमा अमेरिकाको हात भएको बताउँदै आएको छ ।

संसारभरी कोरोनाका १ लाख ३४ हजार ७ सय ६८ व्यक्ति संक्रमित छन् भने ४ हजार ९ सय ८३ को मृत्यु भइसकेको छ ।

कोरोना भाइरससँग लड्नका लागि चिनियाँ सरकारले के कस्तो नीति अवलम्बन गर्‍यो, कस्ता तौर तरिका अपनाए भनेर किताब समेत निकालिएको छ । ‘अ ब्याटल अगेन्स्ट एपिडेमिकः चाइना कम्ब्याटिङ कोभिड–१९ इन २०२०’ नामको उक्त किताब थुप्रै भाषामा प्रकाशित छ ।

स्रोत : फक्स न्युज

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार