होली उत्सवपछि नुहाउने क्रममा १५ जनाको डुबेर ज्यान गयो

उज्यालो प्रतिनिधि २८ फाल्गुन २०७६, बुधबार प्रवास

एजेन्सी । भारतको ओडिशामा मंगलबार होली उत्सवपछि नुहाउने क्रममा विभिन्न घटनामा १५ जनाको डुबेर मृत्यु भएको बीबीसी हिन्दीले बताएको छ ।

कटकमा रहेको सरकारी अग्नीनियन्त्रण विभागका डेप्युटी फायर अधिकारी सत्यपीर बेहराले अहिलेसम्म १५ जनाको शव भेटिएको पुष्टि गरेका छन् ।

कटकका स्थानीय सुभम कुमार बेहरा र निशान्त पाढी होली खेलेपछि आफ्ना अन्य साथीहरुसँग नजिकैको नदीमा नुहाउन गएका थिए ।

नुहाउने बेला यी दुबैजना डुबे । यी दुईलाई नदीबाट निकालेर कटकको एससीबी मेडिकल कलेज अस्पताल पुर्‍याइयो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए ।

यस्तै, रायगडा जिल्लाको गुणुपुरमा होली खेलेपछि केन्दुगुडा बाँधमा नुहाउन गएका तीनजना पानीमा डुबे ।

पीडितमध्ये एकको घटनास्थलमा नै मृत्यु भयो भने अन्य दुईलाई पदमपुर अस्पतालमा मृत घोषित गरियो । उनीहरुको पहिचान वरुण आचार्य, सुरेश आचार्य र अभिषेक कुमारको रुपमा गरिएको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार भुवनेश्वरस्थित रंग बजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुन्डीको महेन्द्रतनया नदीमा एक, रेढाखोलको सन्धीमुँडा केनामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।

निलगिरीको सिएडीमल ड्याममा एक, सालेपुरको चित्रोत्पला नदीमा एक र बारीपदाको जम्भीरा बाँधमा एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।

यसबाहेक नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको शव भेटिएको छ जसको पहिचान हुन सकेको छैन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार