सिरहामा कोरोना भाइरसको त्रास : फागुको व्यापार प्रभावित

उज्यालो प्रतिनिधि २७ फाल्गुन २०७६, मंगलवार फोटो समाचार

गणेश कुमार ठाकुर,सिरहा । सिरहामा कोरोना भाइरसको डरले यसपालि फागुको व्यापार प्रभावित छ । भीडभाडमा संक्रमण बढ्न सक्ने भन्दै सरकारले फागु खेल्दा सावधानी अपनाउन आग्रह गरेपछि होलीमा हुने ब्यापारीक कारोबारमा पनि कमी आएको छ ।
बजारमा हामी रंग, फागुका टिसर्ट, पिच्कारी बेचिरहेको देख्न सक्छौं, तर बिक्री सुस्त रहेको सम्बन्धित बिक्रेता बताउँछन् । “एक साता भयो होलीको सामान बेच्न राखेको, तर आजसम्म व्यापार राम्रोसँग भएको छैन ।”

सेता टिसर्ट पहिले फुटपाथमा धेरै देखिन्थ्यो, अहिले ठूला फेन्सीहरूले पनि प्राथमिकतासाथ राख्न थालेका छन् । फागुको माहोल नै सेलाएपछि टिसर्टको व्यापार पनि घटेको सिरहा व्यापारी बताउँछन् ।
त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरु बताउँछन् । उधोग वाणिज्य सघं मिर्चैयाका अध्यक्ष हरिशंकर साहले खुद्रा पसलहरुबाट पनि होली रङको कारोबार हुने गरेकामा यस वर्ष खासै कारोबार नभएको बताए । उनका अनुसार यस वर्ष रङको कारोबार करिब ७५ प्रतिशतले घटेको छ । ‘यसपाली खासै व्यापार छैन’ उनले भने, ‘सरकारले सचेत रहन आग्रह गरेपछि सबै सचेत रहनको लागि भएर पनि होला खासै कारोबार छैन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार