महामारीको आतंकले बजारमा भइरहेको कालोबजारी रोक्न विद्यार्थी नेता रन्जित तामाङको माग

२३ फाल्गुन २०७६, शुक्रबार ०९:४० मा प्रकाशित

काठमाण्डौ । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(COVID-19) को उच्च सतर्कताका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्वबियू स्वयंसेवकको रुपमा सरकारलाई सहयोग गर्न तयार रहेको अनेरास्वबियूका सह-संयोजक रन्जित तामाङले जानकारी गराएका छन् ।

चिनको बुहान शहरमा देखा परेको उक्त कोरोना भाइरसले विश्वभर महामारीको रुप लिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले पटक पटक चेतवानी दिइरहेको बेला विद्यार्थी नेता रन्जित तामाङले सामाजिक संजाल मार्फत सो कुरा बताएका हुन । उनले महामारीको आतंकले बजारमा भइरहेको कालोबजारी रोक्न समेत माग गरेका छन ।

हेर्नुहोस उनको फेसबूक स्टाटस ।

बिश्वभरि फैलदाे काेराेना भाईरस (COVID-19) का कारण बिश्वसमुदाय उच्च सतर्कता अपनाएकाे छ ।
यस महामारीकाे सामना गर्न उच्च सतर्कता अपनाउन नेपाल सरकारकाे गम्भि ध्यानाकर्षण गराउदछाै ।
यस महामारीका कारण ज्यान गुमाउनेकाे संख्या बढ्दाे छ, संक्रमितकाे संख्या पनि उस्तै छ,
मानिसहरुमा भय र आतंक ब्याप्त छ ।

बिश्व स्वस्थ्य संगठनले नेपाललाई काेराेना भाईरसकाे उच्चजाेखिम भएकाे देशमा सुचिकृत गरेकाे छ ।
सरकारले उपचार र सतर्कता अपनाउन आह्वान गरे पनि त्याे पर्याप्त तयरि मानेर चित्त बुझाउने स्थिति छैन ।
भिड-भाड,बिबाह,भाेज नगर्न भने पनि बिध्यालय- कलेज,विश्वविध्यालय सुचारु भईरहनु दुबिधायुक्त अवस्था सृजना भएकाे ले उच्च सतर्कता अपनाउदै तत्काल अनिश्चित कालका लागि स्कुल कलेज बिदा गर्न जाेडदार माग गर्दछाै ।
यस राेग संग लड्न सबै प्रकारकाे सतर्कता र प्रभावकारी उपचारकाे वातावरण बनाउन सरकार समक्ष अनेरास्वबियू माग गर्दछ ।
यस महामारीकाे सामना गर्न सरकारले आवश्यक ठाने अनेरास्वबियू स्वयम सेवक बनेर सरकारलाई सहयाेग गर्न तयार रहेकाे जानकारी गराउदछाै ।

साथै देशभरिका अनेरास्वबियूका नेता कार्यकर्तालाई बिध्यार्थी,आम नागरिकमा काेराेना भाईरस बारे जानकारी दिन, जनचेतना मुलक सन्देश प्रबाह गर्न, उपचार र सतर्कता अपनाउन हार्दिक अपिल गर्दछाै ।
साथै महामारीकाे आतंकले बजारमा भैरहेकाे कालाे बजारी,महंगी र कृतिम अभाव राेक्न प्रभावकारी अनुगमन तथा नियमन गर्न पनि सरकारलाइ जाेडदार माग गर्दछाै ।
#आऔ सबै मिलेर महामारीकाे सामना गर्न हातेमालो गरेर जुटाै ।
धन्यबाद ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार