कोरोना भाइरसको त्रास : विद्यालयहरु बन्द गरिए,आन्तारिक वार्षिक परीक्षा रोकियो

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार समाचार

काठमाडौं । कोरोना भाइरसका कारण कैलालीको धनगढी नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले शुक्रबार विज्ञप्तिमार्फत फागुन २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘नोबेल कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन फैलिँदै गएकोले सो अवस्थाबाट जोगिन शिक्षा सरोकारलासँगको मिति २०७६ साल फागुन २३ गते बसेको बैठकको निर्णयअनुसार यस धनगढी उपमहानगरपालिका अन्तरगत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा सञ्चालन हुने आधारभूत तह अन्तिम परीक्षा तथा विद्यालयहरुको आन्तारिक वार्षिक परीक्षा र विद्यालयको सम्पूर्ण पठनपाठनका क्रियाकलापहरु अर्को सूचना जारी नभएसम्मका लागि मिति २०७६ साल फागुण २५ गतेदेखि लागू हुनेगरी बन्द गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार