पुरुषले बसेर पिसाब गर्नु सहि हुन्छ वा उठेर उचित हुन्छ ?

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार स्वास्थ्य/जीवनशैली

काठमाडौँ । विश्वमा आफ्नो संस्कृति अनुसार सानै देखि पुरुषलाई उभिएर पिशाब गर्न सिकाईन्छ र महिलालाई बसेर । तर अहिले कतिपय देशका स्वास्थ्य विभागको अनुसार यस व्यापक रुपमा फैलिएको स्वभाविक धारणाको विषयमा प्रश्न उठ्न शुरु भएको छ ।

पुरुषले कसरी पिशाब गर्ने ? यो प्रश्न थुप्रै पटक स्वास्थ्य र सर-सफाईको बारेमा सोधिने गरिन्छ भने कतिपय मानिसको लागि यो सामान्य अधिकारको विषय पनि हो ।

कुन तरिका हो सबै भन्दा उचित ? पुरुषहरुको लागि कुन तरिका सहि हो ?

प्रायजसो पुरुषलाई उभिएर पिशाब गर्दा जस्तो सजिलो तरिका अरु कुनै होइन । यसमा काम छिटो सकिन्छ पनि र यो एक प्रकारको व्यवहारिक तरिका हो , प्राय सार्वजनिक शौचालयको पुरुषको पट्टि कहिले लाइन हुँदैन किनभने यो प्रक्रिया छिटो हुन्छ ।

पुरुषहरु भित्र जान्छन् र केहि सेकेन्डमा नै बाहिर निस्किन्छन् यो काम तुरुन्तै हुनुको पछाडी दुईवटा कारण छ । एक, पुरुष तुरन्त पिशाब गर्न सक्छन् किनभने उनीहरुलाई यस्तो गर्दा कपडा खोल्नु पर्दैन र अर्को कारण भनेको पुरुषको यूरिनल्स क्यूबिकल्सको तुलनामा कम ठाउँ हुन्छ त्यसैले पिशाब लागेको समयमा कम ठाउँमा अधिक पुरुष पिशाब गर्न सक्छन् ।

विशषज्ञको अनुसार मुत्र विसर्जन गर्दा लाग्ने समय शरीरको स्थिति कस्तो छ , त्यसमा पनि भर पर्छ, जसको असर बाहिर निस्किरहेको पिशाबमा पनि पर्न जान्छ ।

पेशाब गर्नुको विज्ञान

पिशाब शरीरको किड्नीमा बन्छ , किड्नीले हाम्रो रगतमा भएको फोहोर तत्वलाई अलग गर्ने काम गर्छ । त्यसपछि त्यो पिशाब, ब्ल्याडर मतलब मुत्र थैलीमा जम्मा हुन्छ । त्यसैले पनि बारम्बार शौचालय जानु पर्दैन, राति आरामले सुत्न सकिन्छ र दिनमा काम गर्न सहज भएको छ ।

सामान्यरुपमा ब्ल्याडर तीन सय देखि छ सय मिलीलीटर सम्म पिशाब जमा गरेर राख्न सक्छ तर जब यो दुई- तिहाई भरिन्छ तब पिशाब गर्नुपर्ने अनुभव हुन थाल्छ ।

जब मानिस पिशाब गर्नको लागि सुविधाजनक स्थितिमा पुग्छ तब हाम्रो पेल्भिक फ्लोरको माम्सपेशी र यूरेथ्रालाई घेरेर राख्ने एक गोलो-आकारको माम्सपेशी ठुलो हुन्छ । तब शरीरमा भएको ब्ल्याडर सानो हुन्छ र पिशाबको यूरेथ्रा मतलब मूत्रमार्गमा खाली हुन थाल्छ, यसरी शरीरबाट पिशाब बाहिर निष्कासन हुन्छ ।

बसेर गर्दा सहि हुन्छ वा उठ्दा उचित हुन्छ ?

एक स्वस्थ मानिसलाई पिशाब गर्नको लागि प्रेसर दिनु पर्दैन तर कतिपय समयमा पुरुषलाई यस्तो स्थायी वा अस्थायी अवस्था उत्पन्न हुन्छ जसले गर्दा पिशाब गर्न समस्या हुन्छ । प्लस वन नामको वैज्ञानिक पब्लिकेशनको एक अध्ययन अनुसार प्रोस्टेटमा सुन्निएको कारण समस्या हुन्छ । यस्तो अवस्था भएका पुरुषको लागि बसेर पिशाब गर्नु लाभकारी हुन्छ ।

उक्त अध्ययनमा स्वस्थ पुरुषहरु र लोअर यूरिनरी ट्रयाक्ट सिम्टम्स भएका पुरुष बीच तुलना गरिएको थियो । एल यु टि एस बाट पिडत पुरुषले बसेर पिशाब गर्दा उनीहरुको यूरेथ्रल एरियामा दबाव कम हुन्छ । यसले उनीहरुको पिशाब गर्ने प्रक्रिया सजिलो र संक्षिप्त हुन्छ । तर स्वस्थ पुरुषमा उभिएर वा बसेर पिशाब गर्दा कुनै फरक देखिएन ।

आफ्नो लागि सहि निर्णय गर्ने

वेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)पिशाब गर्न समस्या भएका पुरुषलाई कुनै राम्रो ठाउँमा आरामले बसेर पिशाब गर्न सुझाव दिएको छ ।

बसेर पिशाब गर्दा प्रोस्टेट क्यान्सर हुदैन र पुरुषको सेक्स लाइफ पनि राम्रो हुने विश्वास रहेको छ तर यस विषयमा कुनै आधिकारिक तथ्यांक भने छैन ।

पुरुषको कारण हुने समस्याहरु

पुरुष उभिएर पिशाब गर्छन्, यसले वरपर फैलिने खतरा हुन्छ जुन स्वच्छताको अनुसार ठिक होइन ।

अरु मानिसहरुले पनि प्रयोग गर्ने शौचालयमा यस्तो प्रकारको अवस्था भएको कारण त्यहाँको हालत निकै खराब हुन्छ त्यसैले पुरुषहरुलाई बसेर पिशाब फेर्नको लागि सुझाब दिन शुरु गरिएको छ ।

सन् २०१२ मा स्वीडेनमा यसको शुरुआत भएको थियो त्यहाँको एक स्थानीय नेताले आफ्नो शहरको सार्वजनिक शौचालयको अवस्था यति खराब भएको थियो कि उनले पुरुषहरुलाई अरुको सुविधाको पनि बिचार गर्नको लागि रचनात्मक तरिका खोज्न शुरु गरे ।

उनि चाहन्थे कि मानिसहरु स्वच्छतामा ध्यान दिउन् र मानिसलाई सार्वजनिक शौचालयमा जाँदा कुनै फोहोर ठाउँमा गएको जस्तो नाक समात्न नपर्ने होस् ।

यहाँबाट शुरु भएको बहस अहिले प्राय यूरोपेली देशहरुमा फैलिएको छ । जस्तै, जर्मनीमा सार्वजनिक शौचालयको नियम छ, जसमा शौचालयमा उठेर पिशाब गर्न प्रतिबन्ध लगाइएको छ , पुरुष नै भएपनि बसेर पिशाब गर्नुपर्छ ।

कतिपय शौचालयहरुमा ट्राफिक संकेत जस्तै संकेत राखेको हुन्छ यहाँ उठेर पिशाब गर्न प्रतिबन्ध छ जसलाई “सिट्जपिंकलर” भनिन्छ र यहाँ लेखेको छुन्छ कि यस्तो गर्नु मार्द व्यवहार होइन ।

मानिसहरुले आफ्नो घरमा पनि यस्तो संकेत लगाउन शुरु गरेका छन् जहाँ पुरुष पाहुनालाई बसेर पिशाब गर्न आग्रह गरिएको हुन्छ ।

सन् २०१५ मा जर्मनीको एक अदालतको केस निकै चर्चित भएको थियो ।

एक जना घरबेटीले आफ्नो बाथरूममा राखिएको मार्बलको फलोरमा भएको खराबीको सट्टामा क्षतिपूर्ति मागेका थिए । घरबेटीको दावा थियो कि भाडामा बस्नेले पिशाब गरेर भुइँ खराब गरेको थियो ।

तर न्यायाधिशले भाडामा बस्नेको पक्षमा निर्णय सुनाएका थिए, उनको अनुसार पुरुषहरुले उठेर पिशाब गर्नु भनेको मान्य कुरा हो र ती व्यक्तिले उठेर पिशाब गर्दा कुनै गलत काम गरेका छैनन् ।

-बिबिसीबाट

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार