अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो,अफ्रिकामा पनि भेटियाे

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार प्रवास

एजेन्सी, २३ फागुन । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुसार बिहीबार राति थप तीन जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

पछिल्लो चार दिनमा अमेरिकामा कोरोना भाइरसबाट ११ जनाको ज्यान गएको छ । सोमबार र मंगलबार तीन/तीन जनाको ज्यान गएको थियो । बुधबार दुई जनाको ज्यान गएको थियो भने बिहीबार तीन जनाको ज्यान गएको छ ।

अहिलेसम्म अमेरिकामा दुई सय २६ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ । ८ जना अटिल अवस्थामा छन् भने नौ जना पूर्ण रुपमा निको भएका छन् ।

यसैबीच दक्षिण अफ्रिकामा पनि भेटियाे काेराेना भइरसकाे संक्रमण देखा परेकाे छ । विश्व स्वास्थ्य संगठनकाे अनुसार बिहीबार राति एक जना संक्रमित भेटिएकाे हाे ।

कोरोनाका कारण विश्वभरि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३ सय ८७ पुगेको छ भने ९८ हजारभन्दा ४ सय भन्दबढीमा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ५५ हजार ५ सयभन्दा बढी पूर्ण रूपमा निकाे भइसकेकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।

गत डिसेम्बरको अन्तिमतिर चीनको हुवानबाट फैलिएको यो भाइरस अहिले ८५ भन्दा बढि मुलुकमा फैलिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार