कोरोना भाइरसको संक्रमणबाट जोगिन तत्कालै विद्यालय, क्याम्पसहरू बन्द गर्न माग

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार समाचार

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद पुष्प भुसालले कोरोना भाइरसको संक्रमणबाट जोगिन तत्कालै विद्यालय, क्याम्पसहरू बन्द गर्न माग गर्नुभएको छ । शुक्रबार बसेकाे प्रतिनिधिसभा बैठकमा बोल्नु हुँदै कांग्रेसकी सचेतक समेत रहनु भएका भुसालले यस्तो माग गर्नुभएको हो ।

जिल्ला प्रशासनले भिडभाडमा नजानु, घर बाहिर ननिस्किनु भने पनि लाखौँ बालबालीकाहरुल स्कुल जानालाई बाध्य भइराखेको उहाँले बताउनुभयो । ‘जिल्ला प्रशासनले भिडभाडमा नजानु, घर बाहिर ननिस्किनु भनेर सर्कुलर गरेको परिपत्रहरू हामी पढ्न पायौँ,’ उहाँले भन्नुभयो, ‘एकातिर जिल्ला प्रशासनले सर्कुलर गरेको छ भने अर्कोतिर हाम्रा लाखौँ बालबालिकाहरू स्कुल जानलाई बाध्य भइराखेका छन् ।

चैत ५ गतेसम्म स्कुल बन्द नगर्ने भनेर पनि अर्कोतर्फ सूचना आएको बताउँदै उहाँले भन्नुभयाे, ‘चैत ५ गतेसम्म स्कुल बन्द नगर्ने भनेर पनि अर्कोतर्फ सूचना आइरहेको छ । सभामुखज्यूमार्फत सरकारलाई तत्कालै स्कुलहरू पनि बन्द गर्ने निर्देशन दिन आग्रह गर्दछु।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार