कोरोनाभाइरसको असर : विश्वमा १४ मुलुकको ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार प्रवास

न्युयोर्क । कोरोनाभाइरसको संक्रमणका कारण विश्वमा ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । युनेस्कोले जारी गरेको तथ्याङ्कअनुसार कोरोनाभाइरसको संक्रमणको डरले विश्वका ३० करोड बालबालिका स्कुल जान सकेका छैनन् ।

विश्वका विभिन्न १४ मुलुकले विद्यालय बन्द गरेको जनाइएको छ । कोरोना संक्रमणका कारण इटलीले देशभरका विद्यालय बन्द गरेको छ । जापानले पनि विद्यालयहरु बन्द गरेको छ । अन्य ९ वटा मुलुकमा आवश्यकता अनुसार शैक्षिक संस्था बिदा गरेका छन् । यस्तै, फ्रान्सले एक सय २० वटा विद्यालय बन्द गरेको छ ।

चीनका केही प्रान्तमा फेब्रुअरी मध्यदेखि नै विद्यालयहरु बन्द गरिएको छ । चीनमा मात्र करिब २३ करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । चीनका केही विद्यालयमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ भने प्राथमिक तहका कक्षाहरु टेलिभिजनमार्फत सञ्चालन भइरहेको छ ।

चीनमा कोरोनाभाइरसको संक्रमण भएर निको भइसकेकाहरुमा फेरि संक्रमण देखापरेको जनाइएको छ । ऊहानका चिकित्सकहरुका अनुसार संक्रमण निको भएर पठाइएका मानिसहरु फेरि संक्रमित भएको पाइएको छ ।

कोरोनाभाइरसको संक्रमण भएकाहरुमध्ये ५७ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार