सुन तोलाको ८२ हजार २ सय रुपैयामा कारोबार

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार अर्थ

काठमाडाैं । केही दिनयता निरन्तर उकालो लागिरहेको सुनको भाउले आज शुक्रबार पनि फेरि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन प्रतितोला १८ सयले बढेर नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन भने ८२ हजार २ सयमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन ८० हजार चार सयमा कारोबारमा भएको थियो ।

बुधबार तेजावी सुन प्रतितोला ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला यी पाँच दिनमा मात्र सुनको भाउ ४ हजार ५ सयले बढेर नयाँ उचाइमा पुगेकाे हाे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार