कोरोना भाइरसको असर : नेपालको विकास–निर्माणमा समेत पर्न थाल्यो

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार समाचार

काठमाडौं । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालको विकास–निर्माणमा समेत पर्न थालेको छ । हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ । अप्रत्यक्ष प्रभावको लेखाजोखा छैन ।

चीनबाट आयात हुने उपकरण कोरोनाका कारण रोकिएको र नयाँ वर्ष मनाउन स्वदेश गएका चिनियाँ ठेकेदार, इन्जिनियर र कामदार उतै अड्किएकाले आयोजनाहरू प्रभावित भएका हुन् । नेपालमा काम गर्न तीन वर्षयता श्रम स्वीकृति लिएका विदेशी कामदारमध्ये सबैभन्दा बढी (६० प्रतिशत) चिनियाँ छन् ।

स्वीकृति लिएका चिनियाँ कामदारको संख्या ३ हजार ५ सय ८७ छ । तीमध्ये धेरैजसो कोरोना भाइरस फैलिनुपूर्व चिनियाँ वसन्त चाड (नयाँ वर्ष) मनाउन घर गएकामा उतै रोकिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार