कोरोना भाइरसको त्रास : विश्वभर खेलकुदका गतिविधि रोकिए

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार खेल

काठमाडौं । कोरोना भाइरसको त्रासले विश्वभर खेलकुदका गतिविधि रोकिएका छन्। नेपाल सरकारले कोरोना भाइरसबाट सर्वसाधारणलाई सचेत रहन सुझाव दिएसँगै देशभर सञ्चालन हुन लागेका राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चितकालका लागि स्थगित हुन थालेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद प्रतियोगिता रोक्न सम्बन्धित सबै खेलकुद संघलाई निर्देशन दिएको छ। राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जनताको सुरक्षालाई ध्यानमा राखी प्रतियोगिता रोक्न आयोजक संघसंस्थालाई निर्देशन दिएका छन्। राखेपले सञ्चालनमा रहेका प्रतियोगिता तत्काल सक्न र बाँकी प्रतियोगिता अर्को सूचना नभएसम्म आयोजना नगर्न अनुरोध गरेको छ।

कोरोनाका कारण चैत १ गतेदेखि सञ्चालन हुन लागेको नेपालको लोकप्रिय फेन्चाइज लिग क्रिकट एभरेस्ट प्रिमियर लिग (ईपीएल) अनिश्चित समयका लागि स्थगित गरिएको छ। ईपीएल सञ्चालक आमिर अख्तरले पत्रकार सम्मेलन गरी प्रतियोगिताको अन्तिम तयारी भए पनि कोरोना भाइरसका कारण स्थगित गर्नुको विकल्प नभएको बताए। ‘लगानी र आर्थिक अवस्थाभन्दा पनि पहिलो सर्त स्वास्थ्य र सुरक्षा हो। हजारौंको जमघट र विदेशी खेलाडीको आगमनमा हुने ईपीएल गर्न अहिले गाह्रो छ। सरकार, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), सहभागी टोली र प्रायोजकको सल्लाहमा ईपीएल स्थगित गरेका हौं। प्रतियोगिता अनुकूल समयमा सञ्चालन गर्नेछौं,’ आमिरले भने। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार