कोरोना बारे प्रहरी बेखबर !

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार समाचार

काठमाडौं । सबैजसो सरकारी कार्यालयहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतता अपनाइरहेको बेला प्रहरी कार्यालयहरूमा भने यसबारे कुनै पूर्वतयारी तथा सचेतताका कार्यक्रम गरिएका छैनन्। सेवाग्राहीको भिड लाग्ने प्रहरी कार्यालयहरूमा कोरोना भाइरसबारे सुरक्षा र सचेतनाको स्तर कमजोर देखिएकसिभिल प्रहरी, ट्राफिक प्रहरी र ड्युटीमा खटिएका प्रहरीले मास्कसमेत प्रयोग गरेको देखिँदैन।

ड्युटीमा खटिने तल्लो दर्जाका प्रहरीहरूलाई कोरोनाबारे आवश्यक सचेतना कार्यक्रम कुनै पनि प्रहरी कार्यालयले आयोजना गरेका छैनन्। बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले प्रेस विज्ञप्ति जारी गर्दै भिडभाडमा उपस्थित नहुन, अत्यावश्यक कामकाजमा मात्रै उपस्थित हुन्, सभा–समारोह रोक्न, साबुन–पानीले हात धुनलगायत विषयमा ध्यान दिन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले भने आफ्ना मातहतका प्रहरी कार्यालयहरूमा यसबारेमा औपचारिक वा अनौपचारिक जानकारी गराएको छैन।

प्रहरी कार्यालयहरूले मास्कसमेत जोही गर्न सकेका छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरमा सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्छ। यी कार्यालयहरूमा सबैभन्दा बढी वैदेशिक रोजगारबाट फर्किएका पीडितहरू न्याय माग्न आइपुग्छन्। तर सेवाग्राहीको घुइँचो लाग्ने प्रहरी कार्यालयहरूमा कोरोना भाइरस संक्रमणबाट रोक्न कुनै तयारी सुरु भएको छैन। मातहतका कार्यालयहरूले भने प्रहरी प्रधान कार्यालयबाटै औपचारिक पत्र वा आदेश नआइकन सचेतताका कार्यक्रम नगरिएको जानकारी दिए। महानगरीय अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापाले प्रहरी प्रधान कार्यालयबाट औपचारिक आदेश नआएकाले कोरोना भाइरसबारे जनचेतनामुलक कार्यक्रम नगरिएको जानकारी दिए। यो खबर आजको नागरिक दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार