अमेरिकामा कारोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार प्रवास

एजेन्सी । अमेरिकामा कारोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । अमेरिकामा ज्यान गुमाएकामध्ये ११ जना वासिङ्टन राज्यका रहेका छन् भने एक जना क्यालिफोर्नियाका रहेका छन् ।

वासिङ्टनमा देखिएको संक्रमणका धेरै बिरामी सियाटलको किर्कल्याण्डमा रहेको एउटा नर्सिङ सेन्टरसँग सम्बन्धित रहेका छन् । त्यहाँ नै ६ जनाको मृत्यु भएको छ ।

यता, अमेरिकी राज्य टेक्सासमा १४ संक्रमित फेला परेसँगै अमेरिकामा यस रोगबाट संक्रमित हुनेको सङ्ख्या १ सय २९ पुगेको छ ।

उता, क्यालिफोर्नियाले क्रुज जहाजमा कोरोनाको संक्रमण देखिएको आशंका गरिएपछि ३५ सय यात्रु र चालक दलका सदस्यको व्यवस्थापनको चुनौती सामना गरिरहेको छ ।

यता, आयरल्याण्डमा पनि इटालीमा यात्रासँग नजोडिएको पहिलो संक्रमित फेला परेका छन् । योसँगै देशमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या १३ पुगेको छ ।

विश्वभर यसरोगबाट ९५ हजारभन्दा बढी संक्रमित बनेका छन् । यसमध्ये धेरै चीनका रहेका छन् । चीनमा हालसम्म ३ हजार १५ जनाले ज्यान गुमाएका छन् भने विश्वभर यसबाट २६७ जनाको मृत्यु भइसकेको छ जसमा धेरै इरान र इटालीका रहेका छन् । चीनमा बिहीबार कोरोनाभाइरसबाट १४३ जना नयाँ संक्रमित भेटिएका छन् भने थप ३० जनाले ज्यान गुमाएका छन् । तीमध्ये २९ जना हुबेई प्रान्तका रहेका छन् र फेला परेका नयाँ मध्ये १२६ जना पनि त्यही प्रान्तका रहेका छन् ।

दक्षिण कोरियामा थप ५१८ जना नयाँ संक्रमित फेला परेसँगै देशमा कूल संक्रमितको सङ्ख्या ६ हजार २८४ जना पुगेको छ । देशमा हालसम्म ४२ जनाको मृत्यु भएको छ जसमा वृद्ध र पुरानो स्वास्थ्य समस्या रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार