भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३० पुग्यो

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार प्रवास

एजेन्सी । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचनाअनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा.हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताएका थिए । राज्यसभामा बोल्दै उनले भने, ‘देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या २९ पुगेको छ ।’

उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए । कोरोनाको सङ्क्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बर्धनले बताए ।

विश्व स्वास्थ्य संगठनको सुझाब र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको दावी उनले गरे । उनले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि दावी गरे ।

देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी दिए । कोरोनाका कारण बिहीबारसम्म संसारभर तीनहजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार