सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिए : प्रवक्ता श्रेष्ठ

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार समाचार

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । वाग्मती नगरपालिका–११ मा आजबाट शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षी जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा पार्टी प्रवक्ता श्रेष्ठले यस्तो बताउनुभएको हो ।

राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो । खेलाडीले देशको इज्जत, प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीलाई सम्मान गर्ने काममा नेपाल सरकार लागिपरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रवक्ता श्रेष्ठले सरकार देश विकासको काममा तीव्र गतिमा लागेको भन्दै देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताउनुभयो । सो अवसरमा नेकपा सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेले मानवीय सङ्कटको रुपमा कोरोना भाइरसले जनजीवन त्रसित बनाएकोे बताउँदै राजनीति मुक्त खेल क्षेत्र बनाउन आग्रह गर्नुभयो ।

वाग्मती युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता चैत्र २ गतेसम्म चल्लेछ । प्रतियोगितामा दुई वटा विदेशी र १० वटासम्म १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले रु १० लाख र द्वितीय हुनेले रु पाँच लाख नगर पुरस्कार पाउने वाग्मती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार