चट्याङ लागेर एक महिलाको ज्यान गयो

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार समाचार

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मागाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार चट्याङ लागेर मृत्यु हुनेमा ६० वर्षीया जसुदेवी ओली रहेकी छन् ।

बुधबार राति करिब ६:३० बजेको समयमा घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङ लागेर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

घटनास्थल जान सायल प्रहरी चौकीबाट पैदल चार घण्टा लाग्ने भएको हुँदा प्रहरी टोली घटनास्थलमा गएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । डोटीमा अहिले पनि वर्षा भइरहेको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार