चीनबाट भारत पुगेको बिरालोमा कोरोना भाइरसको आशंका,बिमानस्थलमा हङगमा !

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार प्रवास

कोरोना भाइरसको त्रास यतिबेला विश्वव्यापी छ । मानिसहरु यसबाट बच्नका लागि विभिन्न उपायहरु सुझावका रुपमा प्रस्तुत गरिरहेका छन् ।

चीनको हुवेइ प्रान्तमा जनावरबाट शुरु भएको भनिएको कोरोना भाइरसले यतिबेला भारतको चेन्नइमा समेत चर्चा पाएको छ । जसमा जनावरबाट टाढै रहन सुझाव पनि छ ।

प्रसंग हो, एउटा बिरालोको । २० दिनअघि कन्टेनरमार्फत् चीनबाट भारतको चेन्नइ आइपुगेको यो बिरालोमा कोरोना भाइरसको भएको आशंका गरिएको छ । जसका कारण बिरालोलाई यतिबेला चेन्नइ विमानस्थलमा थुनेर राखिएको छ ।

भारत सरकारले बिरालोलाई चीन पठाउने तयारी गरेको छ । तर मानिसहरु भने यसको विरोधमा उत्रिएका छन् । उनीहरुले बिरालोलाई चीन पठाउन नहुने माग गर्दै आएका छन् ।

उनीहरुले चीनमा बिरालो पठाइयो भने यसलाई ‘काटेर मासु खान्छन भन्ने तर्कका आधारमा बिरालोलाई भारतमै राख्नुपर्ने माग गर्दै आएका छन् ।

चीनबाट भारत सामान बोकेर आएको पानीजहाज सिंगापुर, कोलम्बो हुँदै आएको थियो । यिनै गन्तव्यमा बिरालो कन्टेनरमा प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै भारतमा नोबेल कोरोना भाइरस (कोभिड-१९)को सं’क्रमित संख्या २८ जना पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले बुधबार २८ जनामा कोरोनाको संक्रमण भएको पुष्टि गरेको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्। यसका साथै मन्त्रालयले विदेशबाट आउने सबै यात्रीहरुको स्क्रिनिङ गरिएको छ। यसअघि १२ देशबाट आउने यात्रुको जाँच गर्ने बताइएको थियो।

बुधबार इटालीका १४ पर्यटकमा कोरोनाको आशंका गरिएको छ। साथै उनीहरुलाई दिल्लीको आइटीबीपी क्‍याम्पमा क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनका अनुसार अहिलेसम्‍म १६ लाख मानिसको स्क्रिनिङ गरिसकिएको छ भने १५ भन्दा धेरै ल्याबोरोटोरीमा परीक्षण गर्न पठाइएको छ। कोरोना संक्रमण थुकबाट पनि सर्ने भएकाले कम्तिमा एक मिटर परै रहन मन्त्रालयले सबै नागरिकसँग आग्रह गरेको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस भारतको दिल्ली,तेलंगाना र जयपुर, महाराष्ट्र लगायतमा कोरोनाको सं’क्रमण भेटिएको छ भने हैदरावादमा किटनाशक औ’षधि छर्किएको छ।यस्तै युपी सरकारले कोरोना भाइरसको आशंकामा ६९ जना मानिसलाई निगरानीमा राखेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार