गोरखाका ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार समाचार

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटको प्रभा माध्यमिक विद्यालयका ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । उनीहरुमा रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र राज धितालले बताए ।

प्रधानाध्यापक धितालका अनुसार कक्षा ६-८ का विद्यार्थीमा यस्तो समस्या बढी देखिएको छ । ‘करिब १०/१२ दिन भयो समस्या देखिएको,’ उनले भने, ‘तर गत सोमबारबाट भने अलि बढीनै रुपमा फैलियो ।’

सूचना पाएसँगै स्कुलमै पुगेर विद्यार्थीहरुको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । ‘हामीले मंगलबार मात्रै जानकारी पायौं, थाहा पाएलगत्तै विद्यालयमै पुगेर उपचार समेत गर्‍यौ,’ उनले भने ।

दवाडीका अनुसार विद्यार्थीमा ज्वरो आउने, रुघाँखोकी लाग्ने तथा घाँटी र छात्ती दुख्ने समस्या देखिएको हो ।

‘भाइरल ज्वरोको लक्षण हो यो, त्यसैले आत्तिन पर्ने केही छैन, सरसफाइ र खानपानमा ध्यान दिए पुग्छ,’ उनले भने ।

सरुवा रोग भएकाले पनि धेरैमा यो समस्या देखिएको दवाडीले बताए । साविकको खरिबोट गाविसको खिम्पु, ओलाङ र अपुनका बालबालिकामा यो समस्या बढी देखिएको उनको भनाइ छ । झोलिलो खानेकुरा खान र सरसफाइमा ध्यान दिन उनले सुझाव दिएका छन् ।

onlinekhabar.com

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार