सरकारले दिने सामाजिक सुरक्षा भत्ताको ठूलो अंश जाँडरक्सीमा

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार समाचार

चितवन । तनहुँको भानु नगरपालिका वडा नं. १२ का वडाध्यक्ष बिमल गुरुङले सरकारले दिने सामाजिक सुरक्षा भत्ताको ठूलो अंश जाँडरक्सीमा खर्च हुने गरेको निश्कर्ष निकालेका छन् ।

वडा कार्यालयका तर्फबाट सार्वजनिक सूचना जारी गर्दै वडाध्यक्ष गुरुङले यस्तो ब्यवहारलाई परिवर्तन गरी प्राप्त रकम उचित र आवश्यकता अनुरुप खर्च गर्न सुझाव दिएका छन् ।

वडाध्यक्ष गुरुङले सूचनामार्फत मदिरा बिक्री वितरणको समयसमेत छुट्याएका छन् । जारी सूचनामा साँझ ५ बजेदेखि ८ बजेसम्म मदिराको बिक्री वितरणको समय छुट्याइएको छ ।

वडामा दर्ता भएका पसलले मात्रै बिक्री वितरण गर्न र दर्ता नगरी वा तोकिएको समयभन्दा फरक समयमा विक्री वितरण गरेमा कारवाही गर्ने सूचनामा जनाइएको छ ।

वडामा जथाभावी मदिरा सेवन गर्दा विकृति बढ्दै गएको, नकारात्मक भावनाको विकास भएको साथै समाज नै बिखण्डनको खतरामा पुगेकोले यसलाई व्यवस्थित गर्न लागिएको वडाध्यक्ष गुरुङले जनाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार