कोरोना भाइरसको त्रास : रित्तिदै सुपर मार्केट

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार प्रवास

सिड्नी । कोरोना भाइरसले एकको मृत्यु र केही प्रभावित भएलगत्तै अस्ट्रेलियामा चामल, दाल लगायतका खाद्य सामग्री र ट्वाइलेट पेपर लगायतका सामान अत्यधिक विक्री हुन थालेपछि सुपर मार्केट रित्तिन थालेका छन्।

अस्ट्रेलियाको कोल्स सुपरमार्केटले पसलहरूमा केही सामान अत्यधिक विक्री हुन थालेपछि सहज आपूर्तिका लागि काम सुरू गर्नुपर्ने जनाएको छ।

‘ट्वाइलेट पेपर, हात धुने एन्टिब्याकटरियल साबुन र स्यानिटाइजरको अत्यधिक माग देखिएको छ र अहिले धेरै स्टोरहरूमा यसको कमी रहेको छ,’ कोल्सबाट प्रकाशित विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री स्कट मोरिशनले ठूला सुपरमार्केटहरूका प्रतिनिधिहरूसँग छलफल गर्ने र सामान सहज रूपमा आपूर्ति गर्न आग्रह गर्ने बताएका छन्।

‘घरमा चाहिने सामानहरूको आपूर्तिमा म कुनै दीर्घकालीन समस्या देख्दिनँ,’ प्रधानमन्त्री मोरिशनले भनेका छन्।

कोरोना संक्रमितलाई छुट्टै ठाउँमा राखिने र भिडभाडमा जान नदिने अस्ट्रेलिया सरकारले लिएको छ। अहिलेसम्म अस्ट्रेलियामा कोरोनाले एक जनाको मृत्यु भएको छ भने ३४ जनामा संक्रमण देखिएको छ।

इरान र चीनबाट आउने विदेशी नागरिकहरूलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ। अस्ट्रेलियामा भेटिएका ३४ संक्रमितमध्ये १५ जना चीन भ्रमण गरेर आएका र १० जना भने डायमण्ड प्रिन्सेस पानीजहाजमा रहँदा संक्रमित भएका थिए।

कोरोनाभाइरसले संसारभर ३ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने ८८ हजारभन्दा बढी मानिस संक्रमित छन्।६७ देशमा यसको संक्रमण भेटिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार