गण्डकी प्रदेशमा माक्सको कालोबजारी गर्ने फार्मेसीहरुमा सिलबन्दी गरियो,अनुगमन तिव्र(भिडियो)

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार गण्डकी प्रदेश

काठमाण्डौ । कोरोना भाइरस संक्रमणको त्रासका कारण सर्वसाधारण आत्तिएका बेला मौका छोपेर कालोबजारी गर्ने व्यवसायी माथि कारवाही गरिएको छ । गण्डकी अस्पतालको अगाडिका फार्मेसीहरुमा छडके गर्दा मास्क लुकाएको र कालोबजारी गरेका कारण फार्मेसी हरुमा सिलबन्दी गरिएको हो ।

https://www.facebook.com/100007415625879/videos/2559855860938243/

५ रुपियाको मास्क ३० मा अनि ८० रुपियामा बेच्ने लाई ४५० सम्म बेच्ने फार्मेसी हरुमा गण्डकी प्रदेश सामाजिक बिकाश मन्त्रालय कास्की प्रशासन लगायत को उपस्थितिमा सिलबन्दी लगाइएको हो ।

यस्तै बुधबार काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराइएको थियो। सप्लायर्सले मास्क लुकाउने काम गरेको थाहा भएसँगै विभागले यस्तो कारवाही गरेको हो।

यस्तै बिलबिना नै महँगोमा मास्क बेच्ने अन्य सप्लायर्स तथा फर्मलाई समेत कारवाही गरिएको विभागको भनाई छ। विभागले केहि फर्मलाई सचेत समेत गराएको थियो। विभागले बिहिबार पनि अनुगमन जारी राखेको छ।

मास्क महँगोमा बेचेको वा लुकाएको थाहा पाए ११३७ नम्बरमा फोन गरेर जानकारी गराउन सरकारले आग्रह गरेको छ। बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि सरकारले यस्तो व्यवस्था गरेको हो। यस नम्बरमा फोन गरेर उजुरी गर्दा पैसा नलाग्ने बताइएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार