“यो संसारमा कुनै पनि जीव बेकारका छैनन, हरेक एक जीव कतै न कतै उपयोगी अवश्य हुन्छन”

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार शिक्षा

पुरानो समयमा एक राजाले आफ्ना मन्त्रीलाई यो संसारका सबै अनुपयोगी जीव जन्तुको खोजी गर्न आदेश दिए । राजाको आदेशमा मन्त्रीले धेरैदिनसम्मको खोजीपश्चात् संसारमा जंगली झिङ्गा र माकुराहरुको कुनै महत्व नभएको बताए । राजाले सोचे, ‘जब यसको कुनै उपयोगिता छैन भने यसलाई नष्ट गरिनुपर्छ ।’ राजाले मन्त्रीलाई यी सबै नष्ट गर्न आदेश दिए । त्यसको भोलिपल्टै छिमेकी राज्यका शत्रुले राजाको महलमा आक्रमण गरे जसमा उनका सबै सैनिक मारिए ।

शत्रुलाई महलमा देखेर राजालाई लाग्यो कि यतिधेरै सैनिकसँग युद्ध गर्न सम्भव छैन । त्यसकारण उनले सबैभन्दा पहिले आफ्नो प्राण रक्षा गर्न चाहे । यो सोचेर राजाले महलको एक गोप्य मार्ग हुँदै जंगलतर्फ भागे । शत्रुका सैनिकले राजालाई जंगलतर्फ भागिरहेको देखेपछि उनको पछिपछि दौडिए ।

कुद्दै गर्दा राजा एउटा रुखको मुनी लुके । लगातार दौडिएका कारण उनी थाकेका थिए तसर्थ निदाइहाले । त्यतिबेला एउटा जंगली झिंगाले उनको अनुहारमा टोकिदियो । राजाको निद्रा भंग भयो । उनले सैनिक आफ्नो वरिपरि नै भएको देखे । उनी त्यहाँबाट तुरुन्त उठेर एउटा सानो गुफामा छिरे । गुफाभित्र पनि उनी निदाए । गुफाको द्वारमा माकुराले जालो बुनिदियो । केही बेरमा त्यहाँ शत्रु पक्षका सैनिक पुगे । उनीहरुको पदचाप चुनेर राजाको निद्रा खुल्यो तर उनी चुपचाप त्यहाँ बसे ।

गुफाबाहिर सैनिक कुरा गरिरहेका थिए । कतिले राजालाई गुफाभित्र खोज्नुपर्ने बताइरहेका थिए । त्यति नै बेला एक सैनिकले गुफाको द्वारमा माकुराको जालो बुनेकोले राजा भित्र पसेको भए त्यहाँ जालो हुने थिएन भन्ने धारणा पोखे । भित्र लुकिरहेका राजाले त्यो कुरा सुनिरहेका थिए । जालो देखेर सैनिक त्यहाँबाट अघि बढे ।

पाठः

यो सानो कथाको पाठ यो हो कि यो संसारमा कुनै पनि जीव अनुपयोगी छैनन् । सबैको आ–आफ्नै भिन्न महत्व छ । यो कथामा राजालाई झिङ्गाले टोक्यो जसका कारण राजा सचेत भए । माकुराले गुफाको द्वारमा जालो बुनिदियो जसका कारण शत्रु भ्रमित भए र राजा बचे । यो संसारमा कुनै पनि जीव बेकारका छैनन् । हरेक एक जीव कतै न कतै उपयोगी अवश्य हुन्छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार