एजेन्सी । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्नो राज्यमा संकटकालको घोषणा गरेका छन् ।
कोरोना भाइरस क्यालिफोनिया राज्यमा थप नबढोस् भनेर संकटकालको घोषणा गरिएको बताइएको छ ।
न्यूसमका अनुसार क्यालिफोर्नियामा अहिले ९ हजार ४ सय लाई निगरानीमा राखिएको थियो । यसअघि ८ हजार ४ सय जनालाई निगरानीमा राखिएको बताइएको थियो ।