सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै सचिव कोइरालाले निजी अस्पतालले आपतकालीन सेवाअन्तर्गत १० शय्या खाली गर्नुपर्ने र नगरिए कारबाही गरिने चेतावनी दिए ।

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सचिव कोइरालाले अस्पतालहरु सेवामुखी हुनुपर्ने बताए । पदभार कार्यक्रमपछि निजी अस्पताल सञ्चालकसँगको भेटमा सचिव कोइरालाले कोरोना भाइरस संक्रमण फैलिएमा नियन्त्रण गर्न सरकारी र निजी संयन्त्रलाई समन्वयात्मक रुपमा परिचालन गरिने बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार