आज यी स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशभरी पश्चिमी र स्थानीय वायुको प्रभाव रहनेछ ।

साथै, हाल देशको पहाडी क्षेत्रमा बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुनेछ । भने मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुनेछ । पश्चिमी भूभागका केही क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ ।

यता, मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राति, देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी र मध्यका केही क्षेत्र र पूर्वी पहाडका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार