अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो १ सय ५८ जना संक्रमित

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार प्रवास

काठमाडौं । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओे)को अनुसार बुधबार थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।

पछिल्लो तीन दिनमा अमेरिकामा कोरोना भाइरसबाट ८ जनाको ज्यान गएको छ । सोमबार र मंगलबार तीन/तीन जनाको ज्यान गएको थियो भने बुधबार दुई जनाको ज्यान गएको छ ।

अमेरिकामा बुधबार मात्रै थप ३४ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यो सँगै कोरोनाको संक्रमण हुनेको संख्या एक सय ५८ पुगेको छ । ८ जना अटिल अवस्थामा छन् भने नौ जना पूर्ण रुपमा निको भएका छन् ।

कोरोनाका कारण विश्वभरि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ८५ पुगेको छ भने ९५ हजारभन्दा ८ सय भन्दबढीमा सङ्क्रमण देखिएको छ ।

गत डिसेम्बरको अन्तिमतिर चीनको हुवानबाट फैलिएको यो भाइरस अहिले ८० भन्दा बढि मुलुकमा फैलिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार