कोरोना भाइरसको संक्रमणबाट बच्न भारतमा गाईको मुत्र र गोबरको केक बनाएर पार्टी गर्ने

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७६, बुधबार रोचक बिचित्र

भारतको राजनीतिक दल, हिन्दु महासभाले कोरोना भाइरसको संक्रमणबाट बच्न गाईको मुत्र र गोबरको केक बनाएर पार्टी गर्ने योजना गरेको छ ।

पार्टी अध्यक्ष चक्रपाणी महाराजले चियाको साटो गौमुत्रको पार्टी गर्ने निर्णय अघि सारेका हुन् । महाराजाले गाईको मुत्र र गोबरले कोरोना भाइरसबाट जोगाउने भएकाले गौमुत्र पार्टीको आयोजना गर्न लागेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

‘यसले मानिसहरुलाई गाईको महत्व सिकाउने छ र उनीहरु कोराना भाइरसबाट आफुलाई सुरक्षित गर्न सक्नेछन्’ महाराजाले भने ‘गौमुत्र पार्टीमा मानिसहरुलाई गोबरको केक र त्यसबाट निर्मित अगरबत्ति पनि दिइने छ, र त्यस्ले तुरुन्तै भाइरसलाई मार्न सक्नेछ ।’

यस्तो पार्टी पहिलो पटक दिल्लीमा महासभाको कार्यालयमा हुने र पछि देशभर कार्यक्रम गरिने उनले बताएका छन् । आवश्यक सहयोगका लागि देशभरीका गौशालालाई आग्रह गरेको पनि अध्यक्ष चक्रपाणीले जनाएका छन् ।

अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । योसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कोराना भाइरसविरुद्धको तयारीमा विस्तृत छलफल भइरहेको बताएका छन् । ‘कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न मन्त्रालयसँग सहकार्य भइरहेको र भारत आइरहेका मानिसको स्वास्थ्य जाँच र आवश्यक उपचार गरिने मोदीले भनेका छन् ।

(एजेन्सीहरुबाट)

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार