जङ्गलमा सञ्चालित अवैध मदिरा भट्टी नष्ट

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७६, बुधबार समाचार

महोत्तरी । घना जङ्गलमा सञ्चालित अवैध मदिरा भट्टी आज प्रहरीले नष्ट गरेको छ । जिल्लाको औरही नगरपालिका–१ स्थित शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टी प्रहरीले फेला पारेर नष्ट गरेको हो ।

प्रहरी चौकी औरहीबाट खटिएको टोलीले घना वनक्षेत्रभित्र सञ्चालित भट्टी पत्ता लगाएर नष्ट गरेको हो ।

जङ्घा नदी किनारको शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टीबाट एक हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भट्टीमा बनाइने मदिरामा युरिया रासायनिक मल र प्लाष्टिकका चप्पलजस्ता अखाद्य वस्तु मिसावट गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

गाउँ÷नगर वस्तीभित्र प्रहरीको सघन गस्ती भइरहेपछि भट्टी सञ्चालकले सुरक्षित ठाउँ बनाउन वनक्षेत्र पसेका प्रहरीको भनाइ छ । प्रहरी पुग्न अगावै भट्टी सञ्चालक औरहीका स्थानीय नथुनीप्रसाद यादव भागेका बुढाथोकीले बताए ।

घरेलु मदिराको सेवनले घरकलह बढाउनेदेखि गम्भीर प्रकृतिका बिरामी हुने क्रम बढेपछि प्रहरीले अवैध मदिरा भट्टी नष्ट गर्ने अभियान नै चलाएको छ ।

भट्टी सञ्चालकले एक साताभित्र आउन लागेको होली (फागु) पर्वलाई लक्षित गरी मदिरा बनाउन लागेका बुझिएको छ ।

पुराना चप्पल, जुत्ता र युरिया मलजस्ता अखाद्य वस्तुको प्रयोग गरी बनाइएको मदिरा बढी नशा दिने र शरीरलाई असर गर्ने भएकाले त्यसको नियन्त्रण गर्न प्रहरीले अभियान नै सञ्चालन गरेको प्रनाउ बुढाथोकीको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार