अवकाश लिएका प्रहरी नायब उपरीक्षक खिउजू बलात्कार गरेको अभियोगमा पक्राउ

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७६, बुधबार समाचार

काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजू कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले उनलाई पक्राउ गरिएको पुष्टि गरे । राईले अनलाइनखबरसँग भने, ‘पक्राउ गरेर ल्याएका छौं । अब विस्तृत अनुसन्धान सुरु हुन्छ ।’

प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।

‘चिया खाने वहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुर्व्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्, ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’

पहिलो गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि ६ महिनासम्म खिउजूले शारीरिक शोषण गरेको उनले बताएकी थिइन् ।

यसबारे प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा जानकारी गराए पनि कारबाही अघि बढेको थिएन । त्यसपछि एक गैरसरकारी संस्थाको सहयोगमा पीडितले ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

source : onlinekhabar.com

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार