सरकारका हरेक गतिविधि माथि खबरदारी जारी रहन्छः कांग्रेस नेतृ यादव

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७६, बुधबार समाचार

नेपाली कांग्रेसकी नेतृ मुक्ता कुमारी यादवले सरकारका हरेक गतिविधि माथि अझै सशक्त खबरदारी जारी रहने बताएकी छिन्।

राष्ट्रियसभा सदस्यबाट मंगलबार बिदा भएकीनेतृ यादवले सदनमा नभए पनि बाहिरबाटै सरकारका हरेक निर्णय माथि नजर राख्ने बताएकी हुन्।

‘अहिलेसम्म राष्ट्रियसभामा थियौं, सदनबाट सरकारका गतिविधिमाथि खबरदारी गरिरहेका थियौं, तर दुई वर्षको अवधि पूरा भएर बाहिरिँदै गर्दा हामीलाई राष्ट्र र जनताप्रति सरकारलाई अझ जिम्मेवार बनाउनु पर्ने दायित्वआएको छ,’यादवले भनिन्।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरू भ्रष्टाचारका गतिविधिमा लिप्त हुँदै जानुले मुलुकमा जटिल संकट पैदा भएको धारणा नेतृ यादवको छ।

‘भ्रष्टाचारको जालो तोड्नका लागि पनि अब हामीले काम गर्नुपर्छ, सरकारी संयन्त्रलाई जनता प्रतिउत्तरदायीबनाउनु र जनतालाई आफ्नाअधिकारप्रति सजगबनाउनु नै हाम्रो मिशनहो,’ यादवले भनिन्।

राष्ट्रियसभामा के भनिन् नेतृ यादवले?

बिदा हुनुअघि राष्ट्रियसभामा आफ्नो धारणा राख्दै नेतृ यादवले दुई वर्षसम्मउत्साहका साथकामगर्न पाएकाखुशीव्यक्तगरिन्।

‘मैले पाएको जिम्मेवारी उत्साहका साथ सम्पन्न गरेकी छु, त्यसमा म अत्यन्तै खुशी छु, मलाई गर्व लागेको छ, केहीकामअधुरै रह्यो, त्यो काम पूरा गर्न राष्ट्रियसभा सदस्यहरू समक्षहुनुहुने विश्वास मैले लिएकी छु,’ उनले भनिन्।

राष्ट्रका लागिआफ्नो ठाउँमा योगदानदिन सबै विकल्पहरूमाकामगर्ने प्रतिवद्धता व्यक्तगर्दै नेतृ यादवले अबजनताकाबीचमागएर कामगर्ने उल्लेख गरिन्।

‘सांसदहरू राजनीतिज्ञहरू हुन्, राजनीतिज्ञ कहिले सदनमा हुन्छन्, कहिले सडकमा हुन्छन्, कहिले जनताकाबीचमाबसेर संघर्ष गर्छन्,’ यादवले भनिन्, ‘मेरो संघर्ष पनिअबजनताकापक्षमाजनताकै बीचबाट अघि बढ्ने छ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार