जहाँ शान्तिका प्रतीक गौतम बुद्धको अहिले पनि दाँत छ

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७६, बुधबार रोचक बिचित्र

काठमाडौं । श्रीलंकामा एउटा यस्तो मन्दिर छ जहाँ शान्तिका प्रतीक गौतम बुद्धको एउटा दाँत राखिएको छ । दन्त मन्दिरको नामले समेत परिचित उक्त मन्दिरमा रहेको बुद्धको दाँत निकै शक्तिशाली भएको जनविश्वास छ ।

गौतम बुद्धको मृत्यु इशापूर्व ४ सय ८३ मा भएको थियो । बुद्धको देहत्यागपछि उनको अन्तिम संस्कार भारतको कुशीनगरमा भएको थियो । त्यसक्रममा बुद्धका एक अनुयायीले उनको चितामा गई बुद्धको जलिरहेको शवबाट एउटा दाँत निकालेर सो दाँत राजा ब्रम्हादत्तलाई बुझाए ।

राजा ब्रम्हादत्तसँग बुद्धको त्यो दाँत लामो समयसम्म रह्यो । बुद्धको दाँतका विषयमा धेरै पटक युद्धसमेत भयो । युद्धकै क्रममा ब्रम्हादत्त राजालाई हराएर अरु राजाले सो दाँत हात पारे ।
अन्त्यमा बुद्धका एक अनुयायीले उक्त दाँत राजाको दरबारबाट चोर्न सफल भए र त्यसलाई श्रीलंका पुर्याए ।

त्यस समयमा श्रीलंकाको राजधानी क्यान्डी सहरमा थियो । त्यहाँका राजाले बुद्धका अनुयायीले ल्याएको बुद्धको दाँत राख्नका लागि विशाल मन्दिर बनाए र सोही भव्य मन्दिरमा बुद्धको दाँत स्थापित गरे ।

सन् १६०३ मा पोर्चुगिसहरुले श्रीलंकामा आक्रमण गरी उक्त बुद्धको दाँत लुटेका थिए । तर पछि सो दाँत क्यान्डी नै फर्काइयो र एउटा बाकसभित्र हालेर सोही मन्दिरमा राखियो ।
भगवान बुद्धको दाँतको दर्शनका लागि हरेक वर्ष हजारौँ मानिसहरु उक्त मन्दिरमा आउँदछन् ।

–एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार