काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लीलामणि पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारी समाजवाद स्थापनाका मूल आधार भएको बताएका छन् ।
अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको कार्यक्रममा उनले समाजवादको तयारीका लागि सरकारमा कम्युनिष्ट पार्टी भए पनि राज्यसत्ताको चरित्र र चिन्तन नबदलिएको उल्लेख गर्दै सुरक्षा निकाय र न्यायालय अझै पुरानो ढर्रामा रहेका टिप्पणी गरे ।
यी पक्षलाई बदलेर शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने जनाउँदै उनले हरेक नागरिक राजनीतिक प्राणी भएकाले शिक्षकहरु राजनीतिक दलबाट अलग हुन नसक्ने भएकाले सबै बौद्धिक समुदायलाई समाजवादी चिन्तनमा समेट्न जोड दिए । नेता पोखरेलले अमेरिकी सरकारसँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौलाई सामान्य अर्थमा बुझ्न नहुने भन्दै त्यो अनुमोदन भएमा नेपाल अमेरिकी छातामुनि जाने उल्लेख गरे ।
उनले महाकाली सन्धिको बारेमा पनि खरो बिरोध गरेका छन । उनले बोल्ने क्रममा गाईको मासु खाने चन्द्रमामा पुगिसकेको तर गाईको मुत खाने यहि भएको सम्म बताए ।
source : nepnews.com