छोरी जन्माउने आमालाई १० हजार रुपियाँ,स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई १ लाख रुपियाँ

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७६, बुधबार समाचार

रुपन्देही । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् ।
मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई पनि छोरासरह शिक्षा दिलाउन गाउँपालिकाले यस्तो घोषणा गरेको हो ।

अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताए । उनले छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको बताए ।

गाउँपालिकाको पुरस्कार घोषणाको निर्णयप्रति शिक्षाक्षेत्रमा लागेकाहरूले समेत प्रशंसा गरेका छन् । मनराजीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजदेव मौर्यले गाउँपालिकाले स्नातक उत्तीर्ण छोरीका लागि पुरस्कार घोषणा गरेर सराहनीय काम गरेको बताए ।

रूपन्देहीको दक्षिणी क्षेत्रका कतिपय पालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न भन्दै बालिका बीमा सञ्चालन गरिरहेका छन् । ओमसतिया गाउँपालिकाले सञ्चालन गरेको बालिका बीमा योजना प्रभावकारी बन्दै गएको गाउँपालिकाका अध्यक्ष हीरा केवटले बताए ।

छोरी जन्मिनासाथ बैङ्क खातामा २० हजार रुपियाँ पालिकाले राखिदिने गरेको र त्यो २० वर्ष नपुगी निकाल्न नपाइने व्यवस्थाले बालविवाह कम हुँदै गएको केवटको भनाइ छ । यसका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख रुपियाँ बजेट छुट्याएको छ ।गोरखापत्र दैनिकबाट

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार