कोरोनाको त्रास : सीमा नाकामा आवश्यक सतर्कता

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७६, बुधबार समाचार

काठमाडाैं, २१ फागुन । कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन विभिन्न सीमा नाकामा आवश्यक सतर्कता अपनाइएको छ। कोरोना त्रास बढ्दै गएपछि संघीय सरकारले प्रदेश १ मा पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलको संयोजकत्वमा तीन सदस्यीय टोली पठाएको छ।

टोलीले प्रदेश सरकार, कोसी अस्पताल विराटनगर र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीसँग पूर्वतयारीबारे छलफल गरेको छ।

टोलीले नेपाल–भारत सीमानाका जोगवनी, काकडभिट्टा र पशुपतिनगरको अनुगमन गरेको छ। ‘प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकारीसँग पनि छलफल ग¥यौं। कोसी अस्पताल र बिपी प्रतिष्ठानका अधिकारी तथा सरोकारवालासँग पनि पूर्वतयारीबारे छलफल भयो,’ संयोजक डोटेलले भने, ‘यसले हाम्रो अवस्था के छ ? के गर्नुपर्ने हो ? के खरिद गर्नुपर्छ भन्ने प्रस्ट हुन्छ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार