नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसको कारण मृत्यु

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७६, बुधबार समाचार

एजेन्सी । नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसको कारण मृत्यु भएको छ।

डेली मेलका अनुसार भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फरवरी १३ मा मृत्यु भएका ती व्यक्तिको मृत्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेका छन्।

मृत्यु हुनुपूर्व सो व्यक्ति नेपाल भ्रमण गरेर फर्किएको भन्ने उल्लेख छ।

सुरुमा निमोनियाबाट ग्रसित ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको भएपनि उनको मृत्युको कारण खुलाइएको थिएन।

पछि अनुसन्धानबाट मृत्युको कारण कोरोनाभाइरस नै रहेको स्वास्थ्यकर्मीले पुष्टि गरेका हुन्।

स्पेनमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो। अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार